पर्साका २ उद्योगी जेल चलान


वीरगन्ज, २६ भदौं । पर्साका दुई उधोगी जेल चलान भएका छन् । कर छलीको अभियोगमा धरौटी रकम बुझाउन नसक्दा उदयपुर डिष्टिलरी प्रालिका शम्भुशरण प्रसाद कलवार र जयश्री धौलागिरी डिष्टिलरी प्रालिका संचालक ओमप्रकाश कलवार जेल चलान भएका हुन् ।

शम्भुशरण र ओमप्रकाश दुवै सहोदर दाजुभाई हुन् । उनीहरुले कर छलीको अभियोगमा ३१ करोड ६५ लाख ९ हजार १३२ रुपैया धरौटी बुझाउन नसक्दा विहिवार वीरगन्ज कारागार चलान भएको आन्तरिक राजश्व कार्यालय पर्साका प्रमुख गोपीकृष्ण कोइरालाले जानकारी दिए ।

उनका अनुसार दुवै उद्योगका संचालक शम्भुशरणप्रसाद कलवार र ओमप्रकाश कलवारले आर्थिक वर्ष २०७१⁄०७२ देखि २०७५⁄०७६ सम्म अन्तशुल्क स्टिकर हिनामिना गरी राज्यलाई कर छली गरेको अनुसन्धानमा देखिएको छ ।

प्रकाशित : २०७६ भाद्र २६, बिहीबार १६:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ