एसिड आक्रमणमा घाईते छात्रा मुस्कानलाई १० लाख सहयोग गर्ने घोषणा


जनकपुरधाम, २७ भदौं । नेपाली जनता दलका धनुषा अध्यक्ष मुन्जय राउतले एसिड आक्रमणमा घाइते वीरगन्जकी मुस्कान खातुनलाई १० लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचाररत छात्रा खातुनलाई भेटेर अध्यक्ष राउतले उपचारका लागि १० लाख सहयोग गर्ने घोषणा गरेका हुन् । उनले विभिन्न संघसंस्था र व्यापारीबाट समेत चन्दा उठाउनुका साथै पार्टीबाट समेत केहि रकम थपेर १० लाख सहयोग गर्ने बताएका छन् ।

१० दिनभित्रै सहयोग रकम हस्तान्तरण गर्ने समेत उनले जनाए । उनले एसिड आक्रमण गर्नेलाई आजिवन कैद सजाय गर्न समेत माग गरेका छन् ।

घटनाको विहानपल्टै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले खातुनको उपचार्थ ५ लाख सहयोग गर्ने घोषणा गरेका थिए । अहिले खातुनको अवस्था केहि सुधार भएको बताइएको छ ।

प्रकाशित : २०७६ भाद्र २७, शुक्रबार ०२:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ