कञ्चनपुर, २७ भदौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का वडा अध्यक्ष जगतबहादुर सिंहको नीजि कार विहिबार राति अज्ञात समूहले जलाएको छ ।
अध्यक्ष सिंहको बा २१ च ८५०७ नम्बरको नीजि कारमा अज्ञात समुहले आगजनी गरेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक नैन बहादुर साउदले जानकारी दिए । उनका अनुसार कार जलेर नष्ट भएको छ ।
स्थानीयका अनुसार २ महिना अघि मात्रै वडा अध्यक्ष सिंहले कार खरिद गरेका थिए । वडा अध्यक्ष सिंहले आगजनीमा संलग्न केही व्यक्तिहरुमाथि आशंका रहेको बताएका छन् ।