Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
नवराजपुरका ५५ विद्यार्थी शैक्षिक भ्रमणमा, पालिका अध्यक्ष यादवले गरे विदाई | | माहीले जनकपुरमा खोलिन् एक्सप्रेस ब्यूटी स्टुडियो, ग्राहकलाई १५ प्रतिशत छुट ! | ठुलो परिमाणमा खैरो हिराईन सहित एक जना पक्राउ | नवराजपुरले मनाइयो २० औं स्वास्थ्य स्वयंसेविका दिवस | मत्स्य विकास केन्द्र लहान प्रमुखको बदमासीले किसान र कर्मचारी पीडित | लहानको नेपाल साइकल स्टोर्समा भिषण आगलगी, लाखौंको क्षति | दुर्गा प्रसाईंका स्वकीय सचिव थापा, श्रीनिवास आचार्यसहित ८ जना थुनामा ! | कहाँ अड्कियो प्रहरी समायोजन प्रक्रिया ? | एमाले मधेशका प्रमुख सचेतकमा महतो, दासलाई किन हटाइयो ? |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

अस्पतालले मृत घोषणा गरेको शिशुलाई गाड्न लैजाँदा जिवितै !

टुडे खोज लेखक टुडे खोज
भदौ २७, २०७६, १०:४८ AM
0
अस्पतालले मृत घोषणा गरेको शिशुलाई गाड्न लैजाँदा जिवितै !

बाँके, २७ भदौ । सुत्केरी ब्यथा लागेपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएकी जाजरकोटकी कमला अधिकारीको आज बिहानै करीब ५ः०० बजे सामान्यरुपमै शिशु जन्मियो । जन्मिएको केही समयमा अस्पतालले शिशुको मृत्यु भएको जानकारी कमलाका श्रीमान् मिलन अधिकारीलाई जानकारी गरायो ।

अस्पतालको प्रसूतिकक्षमा कार्यरत कर्मचारीले शिशुको मृत्यु भएको भन्दै कपडामा पोको पार्दै पोलोथिनमा राखेर अन्तिम संस्कारका लागि थमाइयो । शिशु जन्मिएपछि खुशी भएका श्रीमान् मिलन एकाएक मलिन अनुहार बनाउँदै अन्तिम संस्कार गर्ने तयारी गर्न थाल्नुभयो ।

छेडागाड नगरपालिका–९ जाजरकोटकी २० वर्षीया कमलाको शिशुलाई अस्पतालले मृत घोषित गर्दै अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाएपछि मिलनले अन्तिम संस्कारका लागि नेपालगञ्जस्थित बुलबुलियातर्फ लैजाँदै गर्दा शिशु बीचबाटोमै चल्मलायो ।

“प्रसूतिकक्षका कर्मचारीले तपाईंको बच्चा मरेको भन्दै पोलोथिनमा राखेर दिए, दुखी हुँदै हामी पनिसतगद् गर्न बुलबुलियातर्फ लैजाँदै गर्दा बच्चा चल्मलाएपछि तुरुन्त अस्पताल ल्यायौँ”, घटनाको विवरण सुनाउँदै मिलनले भन्नुभयो, “ज्यूँदो बच्चालाई मृत घोषित गर्दै अस्पतालले गाड्न पठायो, यो अस्पतालको चरम लापरवाही हो कारवाही गरिनुपर्छ ।”

उहाँले मरेको शिशुलाई गाडिदिने भन्दै अस्पतालका कर्मचारीले आफूसँग रु दुई हजार रकमसमेत माग गरेको बताउनुभयो । “एकातिर ज्यूँदो बच्चालाई मरेको भनेर गाड्न लगाउँछ, त्यसैमा अस्पताल कर्मचारीले हामीसँग बार्गेनिङ गर्दै बच्चा गाड्ने रकम माग्छ, यो कहाँको कानून हो रु, कर्मचारीले कपडा धोएको रु ५०० र बच्चालाई गाडेको रु एक हजार ५०० गरी रु दुई हजार मागेपछि हामी आफैँ गाड्छौँ भनेर लैजाँदै गर्दा बच्चा चल्मलायो”, मिलनले भन्नुभयो ।

शिशुलाई अहिले आइसीयूमा भर्ना गरिएको छ । सो अस्पतालको रेकर्डअनुसार कमलाको २३ हप्तामा छोरीको जन्म भएको हो । सकुशल जन्मिएको शिशुको तौल ६०० ग्राम रहेको छ । गर्भवती भएदेखि नै अस्पतालकी डा उर्मिला पराजुली रिसालसँग नियमित जाँच गरिरहनुभएकी कमला जाँचकै लागि बिहीबार नेपालगञ्ज आउनुभएको थियो ।

नवजात शिशुलाई भेरी अस्पताल प्रसूतिकक्षमा कार्यरत कर्मचारीको चरम लापरवाहीका कारण मृत घोषणा गरेपछि पीडितहरुले दोषीलाई कारवाहीको माग गरेका छन् ।

मिलनले भन्नुभयो, “यसअघिको हाम्रो बच्चा खेर गयो, सन्तानको नाममा पहिलो शिशुका रुपमा छोरी पाएका थियौँ, अस्पतालका कर्मचारीका कारण ज्यूँदै बच्चालाई गाड्न लगाइयो ।” रासस


सम्बन्धित समाचार

भूकम्प अपडेट : जाजरकोट र रुकुमपश्चिममा मृत्यू हुनेको सङ्ख्या १२८ पुग्यो

भूकम्प अपडेट : जाजरकोट र रुकुमपश्चिममा मृत्यू हुनेको सङ्ख्या १२८ पुग्यो

सिंहदरबार परिसरभित्र अब फोटो खिच्न र टिकटक बनाउन निषेध

सिंहदरबार परिसरभित्र अब फोटो खिच्न र टिकटक बनाउन निषेध

नेपाललाई विश्वकपमा पुर्‍याएपछि कप्तान रोहित भन्छन्- भाग्यमानी महसुस भएको छ

नेपाललाई विश्वकपमा पुर्‍याएपछि कप्तान रोहित भन्छन्- भाग्यमानी महसुस भएको छ

मलेसियालाई हराउँदै नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा

मलेसियालाई हराउँदै नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा

मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य

मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य

तलब नपाएपछि सर्लाहीका शिक्षकहरू आन्दोलित

सरकारले शिक्षकसँग गरेको सहमतिलाई कसरी गर्दैछ सम्बोधन ?

ताजा समाचार

नवराजपुरका ५५ विद्यार्थी शैक्षिक भ्रमणमा, पालिका अध्यक्ष यादवले गरे विदाई

नवराजपुरका ५५ विद्यार्थी शैक्षिक भ्रमणमा, पालिका अध्यक्ष यादवले गरे विदाई

माहीले जनकपुरमा खोलिन् एक्सप्रेस ब्यूटी स्टुडियो, ग्राहकलाई १५ प्रतिशत छुट !

माहीले जनकपुरमा खोलिन् एक्सप्रेस ब्यूटी स्टुडियो, ग्राहकलाई १५ प्रतिशत छुट !

ठुलो परिमाणमा खैरो हिराईन सहित एक जना पक्राउ

ठुलो परिमाणमा खैरो हिराईन सहित एक जना पक्राउ

नवराजपुरले मनाइयो २० औं स्वास्थ्य स्वयंसेविका दिवस

नवराजपुरले मनाइयो २० औं स्वास्थ्य स्वयंसेविका दिवस

मत्स्य विकास केन्द्र लहान प्रमुखको बदमासीले किसान र कर्मचारी पीडित

मत्स्य विकास केन्द्र लहान प्रमुखको बदमासीले किसान र कर्मचारी पीडित

लहानको नेपाल साइकल स्टोर्समा भिषण आगलगी, लाखौंको क्षति

लहानको नेपाल साइकल स्टोर्समा भिषण आगलगी, लाखौंको क्षति

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध