Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

बल्ल भयो कमला नगरपालिकाको नगरसभा, बजेट ५४ करोड ९१ लाख

टुडे खोज लेखक टुडे खोज
भदौ २८, २०७६, १२:०० AM
0
बल्ल भयो कमला नगरपालिकाको नगरसभा, बजेट ५४ करोड ९१ लाख

जनकपुरधाम, २८ भदौं । धनुषाको कमला नगरपालिकाले चालू आर्थिक बर्ष २०७६/०७७ का लागि रु ५४ करोड ९१ लाख ८८ हजार ८ सय ३९ विनियोजन गरेको छ ।

नगरपालिकाको शुक्रबार भएको दोस्रो नगरसभामा यो बजेट सार्वजनिक गरिएको हो । कुल बजेटमध्ये ३७ करोड ६७ लाख २५ हजार अर्थात् ६८.६ प्रतिशत पूँजीगत र रु १७ करोड २४ लाख ६३ हजार ८ सय ३९ अर्थात् ३१.४ प्रतिशत चालू खर्चमा विनियोजन गरिएको छ ।

यो नगरपालिकाले राजश्व बाँडफाँडबाट रु ९ करोड ११ लाख, नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान ११ करोड, ९५ लाख र संघीय सरकारबाट हस्तान्तरित बिभिन्न कार्यक्रम लगायत सामाजिक सुरक्षा कार्यक्रमका लागि सशर्त अनुदानबाट १२ करोड ४५ लाख, प्रदेश सरकारबाट वित्तिय समानीकरण अनुदान रु २ करोड ४३ लाख ७१ हजार र गत आ.ब. २०७५/७६ को चालू तथा पूँजीगतबाट मौज्दात रु १८ करोड १९ लाख १८ हजार ९ सय ९० गरी सन्तुलित बजेट अनुमान गरेको छ ।

बजेटमा चालू आ.ब. मा पूर्वाधार विकासका कार्यलाई प्राथमिकता दिई पूर्वाधार विकासमा रु २३ करोड ३३ लाख ७० हजार् विनियोजन गरिएको छ । यसमध्ये संस्थागत भवनहरु, सडकहरुमा बढी बजेट विनियोजन गरिएको छ भने सामाजिक विकास, आर्थिक विकास, विपद् व्यवस्थापन तथा वातावरण संरक्षण र कार्यालय संचालन तथा प्रशासनिक खर्चको लागि बजेट विनियोजन गरिएको छ ।

नगरपालिकाका मेयर रामउद्गार गोइतको अध्यक्षतामा आयोजित नगरसभामा उप–मेयर शिला मण्डलले बजेट प्रस्तुत गरेकी थिइन् । नगरसभामा बिभिन्न राजनीतिक दलका प्रतिनिधी, वडा अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत उमेश यादवसहितको उपस्थिति थियो ।

सम्बन्धित समाचार

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

नवराजपुरमा ‘किसानसंग कृषि पशु प्राविधिक’ कार्यक्रम संचालन, गापा अध्यक्ष शिवाले गरे शुभारम्भ

नवराजपुरमा ‘किसानसंग कृषि पशु प्राविधिक’ कार्यक्रम संचालन, गापा अध्यक्ष शिवाले गरे शुभारम्भ

धनुषा : चोरी गर्दागर्दै एक जना पक्राउ, दुई चोर फरार

सप्तरीमा विद्युत् चुहावट गर्ने सात जना पक्राउ

महोत्तरी : दाइजो आरोपमा नेहा चौधरीका ससुरा पनि पक्राउ

महोत्तरी : दाइजो आरोपमा नेहा चौधरीका ससुरा पनि पक्राउ

छुवाछुत गर्ने भगवानपुर गाउँपालिका अध्यक्षलाई निलम्बन गरी कारबाही गर्न सरकारसमक्ष माग

छुवाछुत गर्ने भगवानपुर गाउँपालिका अध्यक्षलाई निलम्बन गरी कारबाही गर्न सरकारसमक्ष माग

ताजा समाचार

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

Ghode Jatra being celebrated

Ghode Jatra being celebrated

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

जसपा नेता सुरेन्द्र यादव भन्छन्- कांग्रेसले अन्तिमसम्म झुटो आश्वासन दिएर अल्झायो

जसपा विधान अधिवेशन समितिको बैठक बस्दै

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध