जनकपुरधाम, २८ भदौं । मधेस आन्दोलनमा प्रहरीको गोलीबाट गम्भिर घाईते महोत्तरी एकडराका शंकर पासवानलाई पुनः घाउ बल्झेपछि समस्यमा परेका छन् ।
२०७२ भदौं २५ गते महोत्तरीको जलेश्वरमा भएको आन्दोलनमा करिब २८ बर्षिय पासवानलाई गोली लागेको थियो । उनलाई तत्कालै हेलिकप्टरबाट काठमाडौं लग्यो । बीर अस्पतालमा अप्रेशन भएपछि उनी बाँचे । अहिले अप्रेशन गरेको ठाउँमा भित्र घाउ भएपछि उनी समस्यामा परेका हुन् ।
पछिल्लो पटक खोक्दा र पिसाव गर्दा छात्ती दुख्न थालेपछि जनकपुरमा आएर भिडियो एक्सरे गराउँदा अप्रेशन गरेको उनको पेटमा घाउ बल्झेको पत्ता लाग्यो । डाक्टरले पुनः अप्रेशन गराउन सुझाव दिएपछि उनले मुख्यमन्त्री कार्यालय र गाउँपालिकासँग आर्थिक सहयोग मागेका छन् । तर अहिलेसम्म कसैले सहयोग गरेका छैन् ।
कतैबाट सहयोग पाएका उनलाई सामाजिक अभियन्ता सरोज रायले उपचारका लागि काठमाडौं लगेका छन् । उनलाई काठमाण्डौं ल्याएर विर अस्पतालको ट्रामामा उपचार गराउन सुरू गरेका अभियन्ता रायले बताए ।
उनका अनुसार शुक्रवार उनको विभिन्न परिक्षणहरू भयो । साथै आइतवार विरमा शल्यक्रिया हुनेछ । ट्रामामा भएको सबै परिक्षण निर्देशक डा. प्रमाद यादवले निशुल्क गरिदिएका छन् । शल्यक्रिया, परिक्षण, औषधी लगायत खाना र बस्नलाई रकम लाग्नेछ ।
अभियन्ता रायले उनीसंग आएका २ जनालाई खान र बस्न तत्काल ५ हजार सहयोग समेत गरेका छन् । उनले समाजवाटी पार्टीका धनुषा अध्यक्ष पशुपति यादव मार्फत प्रदेश सरकारबाट पनि सहयोग गराउने प्रतिवद्धता पाएको बताएका छन् ।