एलाइन्स युथ क्लब द्वारा चिल्ड्रेन पार्क सरसफाई


जनकपुरधाम,२८ भदौं । आज शनिवार एलाइन्स युथ क्लब द्वारा चिल्ड्रेन पार्क सरसफाइ गरिएको छ ।

एलान्स युथ क्लबको कोषाध्यक्ष नेहा मिश्राको अध्यक्षतमा प्रमुख अतिथि वार्ड न.४ का  वार्ड अध्यक्ष   सुदर्शन सिंह र समाजसेबी सुभध्रा आले , रा.रा.ब विद्यार्थी नेता रोशन मिश्रा त्यस्तै एलान्स युथ क्लबको  सम्पुर्ण पदाधिकारीहरु उपस्थितमा जनकपुरधाम जनकपुरधाम उपमहानगरपालिका -४ स्थित चिल्ड्रेन पार्कमा सरसफाइ गरिएको क्लबका सदस्य राहुल यादवले बताए ।

पार्कको सफाईमा जुटेका जनकपुरका एलाइन्स युथ क्लबको युवाहरुले पार्कलाई व्यवस्थित गर्दै जनकपुरमै स्मार्ट पार्कको स्वरुप दिने जनाइएको छ ।

एलाइन्स युथ क्लब जनकपुरका अध्यक्ष ईजाज अन्सारीको अगुवाईमा शनिबार (आज) सप्ताह सरसफाई गरिएको हो । उक्त पार्कलाई व्यवस्थित तुल्याउनको लागि कल्बका केही युवाहरुले सहयोग गरेपनि सरोकारबाला पक्षबाट हुनुपर्ने सहयोग नभएको भन्दै आपत्ति जनाए ।

प्रकाशित : २०७६ भाद्र २८, शनिबार ०३:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ