सर्लाही, २८ भदौं । सर्लाहीमा एक व्यापारीमाथि गोली प्रहार भएको छ । घरबाट बयलवास बजार जाँदै गरेका ईश्वरपुर नगरपालिका–११ का राजेश साहमाथि परिचय नखुलेका मानिसले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
नेसनल मेडिकल कलेज वीरगञ्जमा पेटमा गोली लागेका साहको उपचार भइरहेको छ । उनको अवस्था गम्भिर छन् ।गोली हानेको आरोपमा एक जनालाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।