जनकपुरधाम, २८ भदौं । एकीकृत सामाजिक क्लब द्वारा “देश निर्माणमा विद्यार्थीको भुमिका” शीर्षकमा त्रिभुवन आदर्श माध्यमिक विद्यालय बिन्धीमा एक दिने वक्तृत्वाकला प्रतियोगिता सम्पन्न भएको छ ।
जनकपुरधाम- २३ बिन्धी स्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा कुन्त कुमारी पोख्रेलको अध्यक्षता र एकीकृत सामाजिक क्लबको संयोजकत्वमा भएको उक्त वक्तृत्वाकला प्रतियोगितामा विद्यालयका शिक्षक, विद्यार्थी, स्थानीय लगायत सम्पुर्ण क्लबका सदस्यहरुको उपस्तिथि रहेको थियो ।
वक्तृत्वाकला प्रतियोगितामा सहभागी हुने नि.मा.वि. तर्फबाट नवकान्त झा, पुजा ठाकुर, धर्मेन्द्र यादव, हिरालाल दास, जितेस झा,अर्चना महतो, प्रवीण महतो, नेहा पाठक, जित बहादुर लगायतको सहभागी विद्यार्थीले आफ्नो-आफ्नो तर्क राखेका थिए । सहभागी भएका सम्पुर्ण विद्यार्थीलाई पुरस्कारले सम्मानित गरिएको छ ।