Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

एसइई र १२ कक्षा उत्तीर्ण मुसहर समुदायका शिक्षार्थी सम्मानित

टुडे खोज लेखक टुडे खोज
भदौ २८, २०७६, २:१९ PM
0
मुसहर समुदाय-musahar-low caste

२०७४ सालमा मुसहर समुदाय का शिक्षार्थीलाई सम्मानित गरेको दृश्य

जनकपुरधाम, २८ भदौं । विसं २०७५ को एसइई परीक्षा र १२ कक्षा उत्तीर्ण भएका मुसहर समुदायका शिक्षार्थीलाई आज यहाँ सम्मान गरिएको छ ।

भोर, शक्तिहीनको सशक्तीकरण, मुसहर समुदायको उत्थान अभियान र नेपाल राष्ट्रिय मुसहर सङ्घको समन्वयमा देशभरिका १७२ एसइई र ४८ कक्षा १२ उत्तीर्ण भएका मुसहर समुदायका शिक्षार्थीलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा एसइई उत्तीर्ण ४८ महिला र १२४ पुरूष एवं कक्षा १२ उतीर्ण १० महिला र ३८ पुरूष शिक्षार्थी रहनुभएको छ । प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, नीति आयोगका उपाध्यक्ष प्राध्यापक डा भोगेन्द्र झा र भारतको बिहार विधान परिषद् सदस्य डा सन्तोष माझी मुसहरले संयुक्तरूपमा उहाँहरूलाई सम्मान गर्नुभएको हो ।

नेपाल राष्ट्रिय मुसहर सङ्घको अध्ययन प्रतिवेदनअनुसार नेपालमा १२ लाख मुसहर समुदाय रहेका छन् । सोमध्ये ९५ प्रतिशत भूमिहीन र ८० प्रतिशत नागरिकताविहीन छन् । अशिक्षा, गरीबी, बालविवाह र रक्सी सेवनको बाहुल्यता रहेको सो समुदायको साक्षरता दर सात प्रतिशत मात्र रहेको छ । अध्ययनअनुसार सो समुदायमा ९७ प्रतिशत बालविवाह व्याप्त रहेको छ । त्यस्तै सो समुदायका १५ जना सरकारी जागिरमा कार्यरत छन् ।

सो अवसरमा मन्त्री यादवले निर्माणकार्यमा मुसहर समुदायको अमूल्य योगदान भएको चर्चा गर्दै मुसहर समुदायका किशोर–किशोरीको शिक्षामा पहुँच बढाउनु आवश्यक भएको धारणा राख्नुभयो । केन्द्रीय सरकारले मुसहर समुदायको तथ्याङ्कमा पनि विभेद गरेको बताउँदै उहाँले प्रदेश सरकारले मुसहर समुुदायको उत्थान हुने नीति ल्याउने गृहकार्यमा जुटेको छ भन्नुभयो ।

नीति आयोगका उपाध्यक्ष प्राध्यापक डा झाले मुसहर समुदाय धरतीपुत्र भएको प्रसङ्ग उल्लेख गर्दै ठूल–ठूला भवन निर्माण गर्ने आफैँ सम्पत्तिविहीन, घरविहीन र भूमिहीन हुनु विडम्बना हो भन्नुभयो ।

भारत बिहार विधान परिषद्का सदस्य डा माझीले शिक्षाका माध्यमले समुदायको उत्थान हुने कार्यक्रम सञ्चालन गर्नु जरूरी भएको बताउनुभयो । भोर नामक संस्थाका अध्यक्ष राजकुमार महतोले हालसम्म अभियानमार्फत २५० भन्दा बढी मुसहर समुदायका शिक्षार्थीलाई आर्थिक र प्राविधिक सहयोग गरी उच्च शिक्षा अध्ययन गराउन सफल भएको जानकारी दिनुभयो ।

सङ्घका अध्यक्ष चन्देश्वर सदाको सभापतित्वमा भएको सो समारोहमा एसइई परीक्षा उत्तीर्ण ६० वर्षीय अकलु माझीले इच्छाशक्ति प्रबल राखी अध्ययनमा ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो ।-रासस

सम्बन्धित समाचार

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

विराट् राजाको दरबार क्षेत्रमा संग्रहालय निर्माण

विराट् राजाको दरबार क्षेत्रमा संग्रहालय निर्माण

मलमा गरिएको अनुदान कटौतीविरुद्ध आन्दोलन सुरू, देशभरका किसान चिन्तित

मलमा गरिएको अनुदान कटौतीविरुद्ध आन्दोलन सुरू, देशभरका किसान चिन्तित

बारा र पर्साका सबै पेट्रोल पम्प बन्द गर्ने बिक्रेताको चेतावनी

पेट्रोलियम पदार्थको भाउ घट्यो !

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

ताजा समाचार

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

Ghode Jatra being celebrated

Ghode Jatra being celebrated

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

जसपा नेता सुरेन्द्र यादव भन्छन्- कांग्रेसले अन्तिमसम्म झुटो आश्वासन दिएर अल्झायो

जसपा विधान अधिवेशन समितिको बैठक बस्दै

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध