Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

यौन-सपना किन देखिन्छ ?

टुडे खोज लेखक टुडे खोज
भदौ २८, २०७६, ७:०२ PM
0
यौन-सपना किन देखिन्छ ?

एजेन्सी , २९ भदौं । निदाइरहेको बेलामा एकपछि अर्को विचार, भावना र संवेदना अचेतनरूपमै मस्तिष्कमा आउनु सपना देख्नु हो । मानव इतिहासमा धेरै प्रयास भए पनि व्यक्तिले किन कुनै किसिमको सपना देख्छ र त्यसको अर्थ के हुन्छ, राम्ररी बुझ्न सकिएको छैन ।

सपना विभिन्न किसिमका (डरलाग्दो, साहसिक, रमाइलो तथा यौनसम्बन्धी) हुन्छन् । सामान्यतया प्रजनन प्रणालीले राम्ररी कार्य गर्न थालेपछि सेक्स हर्मोनले एकातिर यौनव्यग्रता तथा यौनतनाव बढाउँछ भने अर्कोतिर यस अवस्थामा वीर्यको पनि उत्पादन हुन थाल्छ ।

अनि वीर्यले स्वाभाविकरूपमा बाहिर निस्कने बाटो खोज्छ । यौनचाहना प्रबल हुन थालेपछि एक किसिमको यौनतनाव बढ्न थाल्छ । यसलाई शान्त पार्नु पनि स्वाभाविक कुरा नै हो ।

हस्तमैथुन वा यौनसम्पर्कबाट यस्तो अवसर मिल्न नसकेको स्थितिमा व्यक्तिले यौन–सपना देख्छ । अनि पुरुषको हकमा सपनामै वीर्यस्खलन हुने र यौन चरमसुख प्राप्तिको स्थितिसम्म पुग्ने हुन्छ । महिलाले त्यस्तो सपना देखेको खण्डमा पनि योनिश्राव हुने र चरमसुख प्राप्त गर्ने हुन्छ ।

यौन तनावलाई शान्त पार्न गरिएको प्रयास वा क्रियाकलाप पर्याप्त नहुन पनि सक्छ । यौन तनाव शान्त पार्ने अर्को उपाय नभएको वा नगरिएको स्थितिमा त्यसलाई कम गर्न प्रकृतिले नै दिएको यो यौन–सपना एक स्वाभाविक कुरा हो ।

अर्कोतिर यौनसम्पर्क वा हस्तमैथुन सामान्यरूपमा राखिँदा यो केही कम भए पनि निर्मूल नै नहुन सक्छ । केहीमा पर्याप्त र नियमितरूपमा हस्तमैथुन वा यौनसम्पर्क गरिएकै अवस्थामा पनि यौन–सपना निरन्तर देखिने गरेको पाइन्छ ।

अनुसन्धानहरूले यौन–सपनालाई ‘टेस्टेस्टेरोन’ नामक हर्मोनको शरीरमा हुने मात्रासँग यौन–सपना देख्ने वा नदेख्ने कुरालाई जोडेका छन् ।यौन–सपना देख्ने व्यक्तिमा ‘टेस्टेस्टेरोन’ को मात्रा बढी हुने देखिएको छ ।

यौनको दृष्टिकोणले स्वस्थ व्यक्तिमा यो हर्मोन हुन्छ नै तर पनि कुनै व्यक्तिले यौन–सपना नै नदेख्न पनि सक्छ । यौन–सपना देखेर निद्रामै यौन चरमसुख पाउनु अनि यौन–सपना नै नदेख्नु दुवै प्राकृतिक कुरा हो ।-एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार

चौधरीको ‘घरपाला मोद’ सार्वजनिक

चौधरीको ‘घरपाला मोद’ सार्वजनिक

करिश्मालाई कसरी भयो सास फेर्न मुस्किल ?

करिश्मालाई कसरी भयो सास फेर्न मुस्किल ?

‘थ्री इडियट्स’ जस्ता दर्जनौं चर्चित फिल्मका अभिनेता बालीको निधन

‘थ्री इडियट्स’ जस्ता दर्जनौं चर्चित फिल्मका अभिनेता बालीको निधन

राघव भर्सेस लंकेश: यस्तो छ प्रभास, कृति र सैफ अभिनित ‘आदिपुरुष’को टिजर

राघव भर्सेस लंकेश: यस्तो छ प्रभास, कृति र सैफ अभिनित ‘आदिपुरुष’को टिजर

रेखा थापा राप्रपाको कार्यसम्पादन समिति सदस्यमा मनोनित

रेखा थापा राप्रपाको कार्यसम्पादन समिति सदस्यमा मनोनित

धनुषा २ः उम्मेदवार बनाउने झुठो आश्वासन दिएर गंगारामलाई पार्टीमा भित्र्याउँदै उपेन्द्र यादव

धनुषा २ः उम्मेदवार बनाउने झुठो आश्वासन दिएर गंगारामलाई पार्टीमा भित्र्याउँदै उपेन्द्र यादव

ताजा समाचार

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

Ghode Jatra being celebrated

Ghode Jatra being celebrated

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

जसपा नेता सुरेन्द्र यादव भन्छन्- कांग्रेसले अन्तिमसम्म झुटो आश्वासन दिएर अल्झायो

जसपा विधान अधिवेशन समितिको बैठक बस्दै

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध