Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ | वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

सर्लाहीमा महिला हिंसाबिरुद्ध सडक नाटक

टुडे खोज लेखक टुडे खोज
भदौ २९, २०७६, ७:४२ AM
0
महिला हिंसाबिरुद्ध सडक नाटक

सर्लाहीको लालबन्दी बजारमा सडक नाटक प्रदर्शन गर्दै किशोर–किशोरी ।

सर्लाही, २९ भदौं । पूर्व–पश्चिम राजमार्गको छेउबाट हिड्दै गरेका छात्रालाई केही किशोरहरूले जिस्क्याए । छात्राहरू आफूलाई सुरक्षित गर्न आआफ्नै तरिका अपनाउँदै थिए । बाटो हिँड्नेहरू कोही छक्क परेर हेर्दै थिए कोही बचाउका लागि जाने सुर कस्न थालेका थिए ।

सर्लाहीको लालबन्दी बजारमा सडक नाटक प्रदर्शन गर्दै किशोर–किशोरी । तस्बिर : ओमप्रकाश/कान्तिपुर

अचानक रहस्योद्घाटन भयो । छोराछोरीबीचको विभेद, बाल विवाह, महिनाबारीका बेला खेप्नु परेको सास्ती, महिला हिंसा लगायत न्यूनीकरणका लागि किशोर–किशोरीहरू सडक नाटक देखाउँदै थिए । विद्यालय जाँदै गरेका किशोरीको पीडा सुनेर लालबन्दीका स्थानीय भावविह्वल बने ।

नाटकको सुरुमै कलाकारको अक्रामक तरिकाको प्रस्तुतिले स्थानीयलाई गम्भीर बनाएको थियो । बाटोमा केटाहरूले दुःख दिएका त छँदै थिए कक्षामा शिक्षकले पनि छात्राको कुरालाई गम्भीरता पूर्वक नलिने गरेको दृश्यले स्थानीयको मन खिन्न बनायो । नाटकमा विद्यालय र शिक्षक छात्रामैत्री नभएको झझल्को दिएको थियो ।

छात्रालाई महिनाबारी भएका बेला विद्यालयमा भोग्नु परेको पीडा देखेर स्थानीयका आँखा रसाएका थिए । महिनाबारीको बेलामा शारीरिक र मानसिक पीडा भोगेको छात्रालाई शौचालयको व्यवस्था नहुँदा तथा भएको शौचालय समेत जीर्ण एवं ताला लगाइएका कारण खेप्नु परेको सास्तीको अभिनयले प्रदेश संसद बेची लुंगेली गम्भीर बनेकी थिइन् ।

उनको पनि विद्यालयमा छात्राहरूको पीडा देखेर गहभरि आँसु भरिएको थियो । ‘प्रदेश २ मा छोरीहरूको अवस्था दयनीय छ, विद्यालय महिला मैत्री नभएका बेला महिनाबारीकै कारण कतिपय छात्राले पढाई छोड्न बाध्य छन्,’ उनले भनिन्, ‘छात्रालाई विद्यालयमा टिकाई रहन ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत साइकल वितरण भइरहेको छ, यस्ता नाटकले पनि समाजको सोच बदल्नुको साथै छात्रालाई विद्यालयमा टिकाई रहन मद्दत पुग्नेछ ।’

कक्षाकोठामा पटक–पटक शौचालय जानका लागि शिक्षकसँग अनुमति माग्दा पनि शिक्षकले जान नदिएपछि छात्रा थप पीडामा परेकी थिइन् । पीडा सहन नसकेर छात्रा घरतर्फ दौडेकी थिइन् । कक्षाकोठाबाट बिना अनुमति बाहिरिएपछि शिक्षकले अभिभावकलाई गलत ढंगले व्याख्या गरेपछि बालिकाका लागि स्थिति थप असहज बन्यो ।

रिसको आवेगमा आएका बालिकाका बुवा र आमाबीच महाभारत सुरु भयो । बालिकाको चाल चलन खराब बनाएको आरोप आमा माथि लाग्यो । तर, बुवा आमाले समेत बालिकाको पीडा बुझ्नै सकेका थिएनन् । बालिका लाजका कारण घरमा केही पनि भन्न सक्ने अवस्थामा थिइनन् । जसका करण बुवाले बालिकाको कम उमेरमै विवाह गर्ने फैसलामा पुगे । यो सबै देखेर बालिकाले मुख खोल्ने निधो गरिन् । आमासहित साथीभाइ र गाउँका समाजको अगाडि महिनाबारीका बेला आफूले भोगेको पीडा सुनाइन् ।

प्रदेश २ का जिल्लाहरूमा बाल विवाह र महिनाबारीका बेला छात्राहरूलाई विद्यालय छोड्नुपर्ने बाध्यताका बारेमा सचेत हुन जनकपुरको लोक सञ्चार रंग मञ्चले सर्लाहीको लालबन्दी र बलराका विभिन्न बस्तीमा शुक्रबार र शनिबार ‘पढ्तै हमर बेटी’ नामक नाटक मञ्चन गरेको छ ।

नाटक देखेका स्थानीय महिला प्राकृतिक रूपमा महिलाले पाएको बरदान महिनाबारीको बेला भोग्नु परेको पीडा समाजका हरेक तह र तप्काका व्यक्तिले बुझुनुपर्नुे धारणा राखे ।‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानलाई सहयोग पुग्ने गरी चेतनामुलक सडक नाटक देखाइएको नाटकका लेखक रमेशरञ्जन झाले बताए ।– ओमप्रकाश ठाकुर/कान्तिपुर


सम्बन्धित समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

राष्ट्रिय मुस्लिम आयोगद्वारा मुस्लिम समुदायको थर सुचिकृत

सर्लाही घटनामा मुस्लिम आयोगको चासो

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध