Breaking News- रकम लुट्न गोली हानेर कुर्मीको हत्या


बुटवल, २९ भदौ । रुपन्देहीको रोहिणीमा १ जना व्यक्तिको गोली हानी हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिउँसो २ः३० बजेतिर एक जना व्यक्तिको गोली हानी हत्या भएको जनाएको छ ।

भैरहवास्थित हिमालयन बैंकबाट रकम निकालेर जाँदै गरेका ओमसतिया गाउँपालिका-५ का महेन्द्र कुर्मीको गोली हानी हत्या भएको रुपन्देही प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

बैंकबाट पैसा निकालेर घरतर्फ जाँदै गरेका कुर्मीलाई पच्छाउँदै आएको समूहले गोली हानेर ५ लाख रुपैयाँ लुटेको शाहीले जानकारी दिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६ भाद्र २९, आईतवार ११:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ