सिरहामा यस्तो अन्याय ! भोजमा दलितको पात खोसेर दुर्व्यवहार


सिरहा, २९ भदौं । छुवाछुत समाजिक अपराध हो । छुवाछुत भनेर भोजखाने वेलामा जातिय माईजन द्वारा स्थानिय दलित युवालाई र्दुव्यवहार गरेका छन् ।

यो घटना सिरहा नगरापलिका वडा नं. ११ भलुवाही दुर्गाटोलका हुन स्थानिय मुंनिया कामतीको बुवा मरेको थियो । नौकेशको पुण्यतिथिमा २०७६ भदौं २५ गते बुधबार बेलुका करिब ७ः३० बजेको समयमा भोजको आयोजना गरिएका थियो । उक्त भोजमा गाँउका रितिरिवाज अनुुसार भोज खाने नौता सम्पूर्ण परिवार दिईएका थिए ।

भोजखाने क्रममा जातिय माईनजन र सह माईनजनले स्थानिय विरेन्द्र कुमार महरा (चमार) लाई जोगेन्द्र कामती (अधिकारी) र दुखी कामती (माइजन) ले खाने समयमा पात लिएर बाहिर पठाई र्दुव्यवहार गरेका स्थानिय गौरीशंकर कामतीले बताउनु भयो ।

जातिय माईनजनले यसरी दलित भनेर र्दुव्यवहार गर्नु कानूनी अपराध हो । मुलुकी संहिता २०७४ को परिच्छेद १० को १६० (१) वमोजिम कार्य गर्नेलाई सोही ऐनको ९२० उपदफा ९१० बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ ।

यता पिडित पक्षले दुबै जना विरुद्ध किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय सिरहामा दिईएको छ । किटानी जाहेरी पछि घटनाबारे आवश्यक अनसंधान भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता अपिल राज वोहराले जानकारी दिनु भयो ।
यता न्यायको लागी पिडित पक्षले विभिन्न सरोकारवालाहरु संग हार गुहार गर्दै छन् ।

श्रोतका अनुसार आरोपित व्यक्तिहरु जोगेन्द्र कामती (अधिकारी) र दुखी कामती (माइजन) लाई प्रहरीले बिहीबार सिरहा नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष विनोद कुमार कामतीको जमानतमा प्रहरीले छोडेको छन् । यता वडा अध्यक्ष तथा जातिका अगुवाहरु दलित भनेर अपमान गरेका पिडित विरेन्द्र कुमार महरा (चमार) का अभिभावकलाई समाजिक रुपमै मिलनको लागि विभिन्न किसिमको दवाव दिइरहेको श्रोतले बताउँछ ।

प्रकाशित : २०७६ भाद्र २९, आईतवार ११:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ