कर्मचारीकै कारण योजनाको निकासा हुन सकेन : मुख्यमन्त्री राउत


जनकपुरधाम, २९ भदौं । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउतले प्रदेशमा सुशासन कायम हुन नसकेको दोष कर्मचारीमाथि थुपारेका छन् ।

आइतबार प्रदेशसभा बैकमा रकम निकासा नभएको सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राउतले कर्मचारीको कमजोरीले सुशासन कायम गर्न समस्या भइरहेको बताए । उनले कर्मचारीका कारण योजना सम्पन्न भइसक्दा पनि रकम निकासा हुन नसकेको जवाफ दिए।

‘शासन व्यवस्था फेरियो’, उनले भने, ‘तर, कर्मचारीको काम गर्ने शैली अझै फरिएको छैन ।’ कर्मचारीको पुरानै मानसिकताका कारण रकम निकासा हुन नसकेको उनको स्पष्टोक्ति थियो ।

प्रकाशित : २०७६ भाद्र २९, आईतवार १७:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ