सुनचाँदीको मूल्य फेरी बढ्यो


काठमाडौं, ३० भदौं । सुनको मूल्य सोमबार पनि बढेको छ । नेपाली सुनचाँदीको बजारमा छापावाल सुनको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरेहेको छ ।

त्यसैगरी, तेजाबी सुनको मूल्य ७१ हजारमा कारोबार भएको छ । चाँदी तोलामा ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुन ७० हजार २ सयमा कारोबार भएको थियो र तेजाबी सुन ६९ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । चाँदी ८ सय ४० मा कारोबार भएको थियो ।

प्रकाशित : २०७६ भाद्र ३०, सोमबार ०६:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ