जनकपुरधाम, ३० भदौं । करेन्ट लागेर धनुषामा एक विद्युतकै कर्मचारीको मृत्यू भएको छ । क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयामा करेन्ट लागेर बटेश्वर गाउँपालिका ४ का विष्णु महतोको मृत्यू भएको हो ।
विद्युत प्राधिकरण वितरण शाखा महेन्द्रनगरको सवारी चालकको रुपमा कार्यरत महतोको विद्युत ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि जनकपुर अंचल अस्पताल लगिएको छ ।