काठमाडौं, ३१ भदौं । मौसम खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रियमा बिहानैदेखि उडान अवरुद्ध भएको छ।
बाक्लो हुस्सु लागेको कारण भिजिबिलिटी कम भएकाले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको हो । त्रिभुवन विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीका अनुसार अहिले विमानस्थलमा तीन किलोमिटर मात्र भिजिबिलिटी रहेको छ।
भिजिबिलिटी कम भएकाले विमानको उडान र अवतरण बन्द गरिएको महानिर्देश क्षेत्रीले बताए । भिजिबिलिटी कम भएका कारण कतार एयरको विमान कोटेश्वर आएपछि डाइभर्ट गरिएको छ ।