झापा, ३१ भदौं । झापाको बिर्तामोड नगरपालिका ४ स्थित नेत्रविक्रम चन्द विप्लव समूहको जिल्ला कार्यालयमा प्रहरीले छापा मारेको छ ।
विप्लवको भूमिगत कार्यालयमा छापा मारेर प्रहरीले केही हतियार र गोप्य दस्तावेज बरामद गरेको हो । प्रहरीले विप्लव समूहका तीन नेता समेत प्रहरीले पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापा जिल्ला जनसरकार प्रमुख टीका पोखरेल, सेक्रेटरी प्रविण मिश्र र मकवानपुरका कार्यकर्ता अनुल सारुमगर छन् । प्रहरीका अनुसार झापामा भएका विष्फोटका योजनाकार पोखरेल र मिश्र नै छन् ।
विप्लव कार्यालयबाट २ वटा कटुवा पेस्तोल र ४ राउण्ड गोली पनि बरामद गरिएकाे झापा प्रहरीले जनाएको छ ।