कलैया, ३१ भदौं । बारामा २ जना भारतीय नागरिक अवैध मदिरासहित पक्राउ परेका छन्। बारा बिश्रामपुर गाउँपालिका-१ कल्याणपुर स्थित सिमा नाकामा नेपालबाट राजश्व छलेर अवैध मदिरा भारततर्फ लैजाँदै गर्दा सीमा प्रहरी चौकी छतवाबाट खटिएको प्रहरी टोली भारतीय नागरिकलाई पक्राउ गरेको हो।
एक सय २० बोतल कस्तुरी मदिरा साइकलमा लोड गरी लुकाएर भारततर्फ लगिहेका बिहारको मोतिहारी जिल्ला पञ्चायत मझरिया का ३५ वर्षीय तेजनरायण यादव र त्यही ठाँउका २५ वर्षीय विजय कुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक कारवाहीका लागि बरामद मदिरासहित मूल भन्सार कार्यालय वीरगञ्जमा पठाइएको प्रहरीले जनाएको छ। त्यसैगरि प्रतिबन्धित औषधिसहित बारामा २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुवर्ण गाउँपालिका-५ का १८ वर्षीय नवेशकुमार यादव र २४ वर्षीय मजिद मिया धोबी रहेका छन्। ईलाका प्रहरी कार्यालय कवहीगोठ बाराबाट खटिएका प्रहरी टोलीलेसुवर्ण गाउँपालिका-७ नेपाल-भारत सिमाना सनफुलवा नजिकै सडकबाट ना.२९ प.८७५८ नम्बरको मोटरसाइकलमा लोड गरी झोलामा लुकाई नेपाल ल्याउँदै गरेको अवस्थामा प्रतिबन्धित विभिन्न औषधि बरामद् भएको छ। उनीहरुबाट बरामद प्रतिबन्धित औषधिसहित आवश्यक कारवाहीका लागि औषधि व्यवस्था विभाग वीरगञ्जमा बुझाइएको प्रहरीले जनाएको छ।