सिरहा, ३१ भदौ । विगत पाँच वर्षदेखि फरार एक डकैत पक्राउ परेका छन् । डकैती पश्चात फरार सिरहाको कर्जन्हा नगरपालिका २ का ५२ वर्षीय भोला मन्सुरी पक्राउ परेका हुन् ।
चन्द्र उदयपुरका रहमत राई र जमाहिर मियाले मन्सुरीमाथि दर्ता गराउको मुद्दामा जिल्ला अदालत सिरहाले २०७१ बैशाख ३० गते ६ वर्ष कैद र एक लाख ८० हजार जरिवाना गरेको थियो । मुद्दा दर्ता भएदेखि नै फरार मन्सुरीलाई ईलाका प्रहरी कार्यालय बन्दिपुरले पक्राउ गरेको छ ।
लामो समयपछि फरार मन्सुरीलाई जिल्ला अदालत सिरहामा बुझाइएपछि सजाय काट्न कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।