Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

संविधान दिवसको कार्यक्रममा प्रदेशका मन्त्रीहरु भएनन् सहभागी

टुडे खोज लेखक टुडे खोज
अशोज २, २०७६, २:४४ AM
0
संविधान दिवसको कार्यक्रममा प्रदेशका मन्त्रीहरु भएनन् सहभागी

जनकपुरधाम, २ असोज । संविधान दिवसको अवसर पारेर प्रदेश २ मा तीन दिवसीय कार्यक्रम तय भएको छ । देशैभरि फैलिएको डेंगु रोग नियन्त्रण सम्बन्धी जनचेतना फैलाउनेदेख लिएर सरसफाईसम्मको कार्यक्रम प्रदेश सरकारले तय गरेको हो ।

असोज २ गतेदेखि चार गतेसम्म प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा संविधान दिवसको कार्यक्रम हुनेछ । पहिलो दिन आज सरसफाई र डेंगु रोगबारे जनचेतना फैलाउने कार्यक्रम गरियो । जनकपुरधामको जिरोमाइल चोकदेखि बसपार्कसम्म सरसफाई गर्दै डेंगु रोग नियन्त्रणबारे जनचेतना फैलाउने कार्यक्रम गरिएको छ ।

मुख्यमन्त्री कार्यालयका सचिव शंकर सुवेदीको अगुवाइमा कार्यक्रम गरिएको हो । तर प्रदेशका मन्त्रीहरु सहभागी भएनन् । असोज ३ गते बिहान ६ः३० बजे जानकी मन्दिरदेखि मुख्यमन्त्री कार्यालयसम्म प्रभातफेरी हुनेछ । तेस्रो तथा अन्तिम दिन असोज ४ गते दुई वटा कार्यक्रम गरिनेछ । यस दिन मधेश भवन परिसरभित्र सरसफाई तथा बृक्षारोपण गरिने कार्यक्रम तय गरिएको छ ।

यही दिन लागूऔषधबिरुद्वको चेतनामूलक ¥याली पनि प्रदर्शन गरिनेछ । मुख्यमन्त्री कार्यालयदेखि जानकी मन्दिरसम्म यो ¥याली प्रदर्शन गर्दै लागूऔषधबिरुद्वको चेतना फैलाइने कार्यक्रम निर्धारण गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

तीनै दिन साँझ प्रदेश सरकारले दीपावली मनाउने कार्यक्रम तय गरेको सुवेदीले बताए । तर यि कार्यक्रमहरुमा भने प्रदेशका मन्त्रीहरु सहभागी हुने छैनन् ।

प्रदेशको मन्त्रीपरिषद् बैठकले नै संविधान दिवस मनाउन बिभिन्न गतिविधी निर्धारण गरिएपनि ती गतिविधीमा कर्मचारी मात्रै सहभागी हुने भएका छन् । प्र्रदेशको सत्तामा रहेको समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कुनै पनि मन्त्री उक्त कार्यक्रममा सहभागी नहुने बुझिएको छ ।

राजपाले संविधान दिवसका दिन बिरोध कार्यक्रम गर्ने र राति ब्ल्याक आउट गर्ने कार्यक्रम तय गरेको छ । राजपाका मन्त्रीहरु यो कार्यक्रममा सहभागी हुनुभन्दा पार्टीको कार्यक्रममा सहभागिता जनाउनेछन् । समाजवादी पार्टीले संविधान दिवसको औपचारिक कार्यक्रम तथा बिरोधका कार्यक्रममा समेत सहभागिता नहुने जनाएको छ । यस कारण यो पार्टीका मन्त्रीहरु पनि सहभागी हुने छैनन् ।

समाजवादी पार्टीको तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री रहेका ज्ञानेन्द्र यादवले आफूसहित कुनै पनि मन्त्रीले उक्त कार्यक्रममा सहभागिता नजनाउने बताए । उनले मुख्यमन्त्री समेत कार्यक्रममा सहभागी नहुने बताए । संविधान संशोधन नभएसम्म औपचारिक कार्यक्रममा आफूहरु सहभागी नहुने उनको भनाई छ । मन्त्री यादवले भने, “संविधानमा धेरै उपलब्धी भएकाले संविधान जलाउनेतर्फ पनि हामी जान्नौं ।

मन्त्री यादवले संविधान संशोधन भएपछि मात्रै आफूहरु्र यस्ता कार्यक्रममा सहभागी हुने बताए । उनले संविधान दिवसका दिन आफ्नो पार्टीले जनकपुरधाममा संविधानको अपरिहार्यता बिषयक अन्तरकृया कार्यक्रमको आयोजना गर्ने बताए । यसअघि मुख्यमन्त्री लालबाबु राउतले पनि संविधान सर्वाेत्कृष्ट संविधानभन्दा पनि राम्रो भएको बताएका थिए ।

सम्बन्धित समाचार

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

आलोचना भएपछि शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो

आलोचना भएपछि शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

नवराजपुरमा ‘किसानसंग कृषि पशु प्राविधिक’ कार्यक्रम संचालन, गापा अध्यक्ष शिवाले गरे शुभारम्भ

नवराजपुरमा ‘किसानसंग कृषि पशु प्राविधिक’ कार्यक्रम संचालन, गापा अध्यक्ष शिवाले गरे शुभारम्भ

ताजा समाचार

धनुषामा शिक्षकबाटै ११ वर्षीया छात्रा बलात्कृत, प्रहरी घटना ढाकछोप गर्दै !

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, सरकारबारे निर्णय लिने !

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, सरकारबारे निर्णय लिने !

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा गठबन्धनको प्यानलै विजयी

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा गठबन्धनको प्यानलै विजयी

मधेशका सबै वडामा अर्गानिक मलखादको साना उद्योग खोल्ने जर्मनी कम्पनीको प्रस्ताव

मधेशका सबै वडामा अर्गानिक मलखादको साना उद्योग खोल्ने जर्मनी कम्पनीको प्रस्ताव

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध