सिरहामा गाँजा बेच्ने यादब प्रहरी फन्दामा


लहान, २ असोज । सिरहाको कर्जन्हा नगरपालिका ३ बाट एक युवकलाई प्रतिबन्धित लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।

धनगढीमाई नगरपालिका ३ घर भई बन्दीपुरमा बस्दै आएका ३६ वर्षीय प्रमोद यादव पक्राउ परेका हुन् । कर्जन्हा नगरपालिका ३ स्थित आफ्नै घरबाट गाँजा बिक्री गरिरहेको सूचना प्रहरी ले पाएपछि पुगेर उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यादबको घरबाट ११० ग्राम गाँजा बरामद भएको छ । उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय मिर्चैयाको हिरासतमा राखेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित : २०७६ आश्विन २, बिहीबार १०:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ