मधेसका जनताको माग पुरा नभए विद्रोह हुन्छ : राजेन्द्र महतो


जनकपुरधाम, २ असोज । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डल सदस्य तथा साँसद राजेन्द्र महत्तोले मधेशका जनताको माग पुरा नभए बिद्रोह हुने चेतावनी दिएका छन् ।

विहिवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै साँसद महतोले यस्तो चेतावनी दिएका हुन् । उनले ६ वटा संविधान निर्माण हुँदा पनि सवै जनताको अधिकार स्थापीत हुन नसकेको बताए । संविधानको विरुद्धमा सरकारले काम गरिरहेको उनले आरोप लगाए ।

साँसद महतोले समावेशीताको सिद्धान्त विपरितको काम राज्यको अंगहरुले काम गरिरहेको समेत आरोप लगाए । उनले मुलुकको बिकास र समृद्धि मधेशी जनतालाई उपेक्षा गरेर नहुने तर्क पनि गरे ।

‘मुलुकमा भ्रष्टाचार बढ्दै गएको छ,’ उनले भने, ‘तर सरकार केहि गर्न सकेका छैन । भ्रष्टाचार नियन्त्रणमा लिन र शान्ति सुरक्षाको काम पनि गर्न सकेन ।’

प्रकाशित : २०७६ आश्विन २, बिहीबार १२:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ