डोल्पा, ३ असोज । डोल्पामा प्रहरीले नै एक बालिका बलात्कार गर्न खोजेको विरोधमा स्थानिय आन्दोलनमा उत्रिएका छन् ।
त्रिपुरासुन्दरी नगरपालिका–२ रुमस्थित वडा कार्यालय सुरक्षार्थ खटिएका एक प्रहरी हवल्दारले १२ वर्षीया बालिकालाई जबरजस्ती गर्ने प्रयास गरेको भन्दै स्थानिय आन्दोलनमा उत्रिएका हुन् । प्रहरी चौकी त्रिपुराकोटमा कार्यरत ३९ वर्षीय प्रहरी हवल्दार दानबहादुर जिसिले १२ वर्षीया बालिकालाई जवरजस्ती गर्ने प्रयास गरेको स्थानियको भनाई छ ।
त्रिपुरासुन्दरी नगरपालिका २ की कक्षा ७ मा अध्यायनरत १२ वर्षीया बालिकालाई असोज १ गते राती ८ बजेतिर मदिरा सेवन गरेर जवरजस्ती गर्ने प्रयास गरेको स्थानियले जनाएका छन् । पीडितका आफन्तले ति प्रहरी हवल्दारलाई कारवाहीको माग गर्दै प्रहरी चौकी त्रिपुराकोटमा निवेदन दिएका छन् । पीडितले निवेदन दिएलगत्तै बलात्कार प्रयासका आरोपित प्रहरी हवल्दार जिसिलाई असोज १ गते रातीनै जिल्ला प्रहरी कार्यालय दुनैमा पठाएका छन ।