वीरगन्ज, ३ असोज । नेपाल सरकारले उर्जी जारी गर्दै असोज ३ गते संविधान दिवस नमनाउने भन्दै गरेका बेला आज मधेश जनअधिकार फोरम मधेशले वीरगन्जमा संविधान जलाएको छ ।
मधेश जनअधिकार फोरम मधेशका केन्द्रिय अध्यक्ष भागयनरायण गुप्ताको नेतृत्वमा वीरगन्जको घण्टा घर नजिक उनि लगायत उनका पार्टीका कार्यकर्ताहरुले संविधान र सरकारको बिरुधमा नाराबाजि गर्दै संविधान जलाएको हो ।
सरकारले उर्दी जारी गर्दैमा दिपावली नमनाइने बरु ब्लाक आउट हुने उनको दाबी छ । गुप्ताले संविधान दिवस नमनाउनेलाई राष्ट्रघाती भन्न सरकारलाई चुनौती दिए ।
‘मधेसीले मनाउँदैन, राष्ट्रघाती भनिरहेको थियो । अब संविधान दिवस थारुले पनि नमनाउने, उनीहरुलाई पनि राष्ट्रघाती भन्नुस् । पहाडका जनजातिले पनि नमनाउने, उनीहरुलाई पनि राष्ट्रघाती भन्नुस् । त्यसो भए राष्ट्रवादी को त ?’ उनले प्रश्न गरे ।
बहुसंख्यक जनता दिवावली गर्ने पक्षमा नरहेको भन्दै उनले गाइजात्रे हिसाबले संविधानलाई ब्यवहार नगर्न आग्रह गरे । ‘एकल जातीय अहंकारबाट देशलाई मुक्ति दिनुस् । हिमाल, पहाड, तराई मधेसमा बस्ने सबैको देश हो । सबैको देश नबनाएसम्म सबैको लागि त्यो संविधानमा स्पेस नबनाएसम्म सबैको स्वामित्व हुने गरी नबनाएरसम्म दिवस उवस हुँदैन’ उनले भने ।
हेर्नुहोस् भिडियो !