पर्सा, ३ असोज । संविधान दिवसको अवसरमा प्रदेश २ को पर्सा जिल्ला कारागार वीरगन्जबाट १२ जना कैदीलाई रिहा गरिएको छ।
विभिन्न मुद्दामा सजाय भुक्तान गरिरहेका एक महिलासहित १२ कैदीलाई रिहा गरिएको कारागारका जेलर श्रवणकुमार पोखरेलले जानकारी दिए।
रिहा हुनेहरुमा सवारी ज्यानमुद्दाका बाराका अरुण चौधरी, सबुदीन मिया धोबी, मनोज राम, रौतहटका राम प्रवेश साह तेली, अंगभग मुद्दामा जेल सजाय काटिरहेका पर्साका हरिप्रसाद राउत, कर्तव्य ज्यान मुद्दाका अर्घाखाँचीका भुपेन्द्र परियार, रुपन्देहीका रवि परियार, कालु भन्ने सुरेन्द्र परियार, बाराकी सविता देवी साह रहेका छन्।
त्यस्तै गर्भपतन मुद्दाका बाराका शिवजी प्रसाद कानुलाई र ज्यानमार्ने उद्योगमा पक्राउ परी सजाय काटिरहेका बाराका प्रमोद प्रसाद यादव र किरण विकलााई आज बिहान रिहा गरिएको पोखरेलले बताए।
नेपालको संविधानको धारा २७६ मा माफी मिनाहा हुने व्यवस्था भए अनुसार ५० प्रतिशत कैद भुक्ता गरिसकेका विभिन्न मुद्दाका कैदी बन्दीहरुलाई राष्ट्रपतिको निर्णय अनुसार कैद मिनाहा भएको जेलर पोखरेलले बताए।—-नेपाल लाइभ