संविधान दिवसमा टुडिखेलमा जे देखियो…. (फोटोफिचर)


काठमाडौं, ३ असोज । आज असोज ३ अर्थात् संविधान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइरहेको छ । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको खुशीयालीमा देशभर विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदैछ ।

दिवसका अवसरमा काठमाडौंको सैनिक मञ्चमा टुँडिखेलमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओलीलगायत विशिष्ट व्यक्तिहरु सहभागी बनेका छन् । कार्यक्रममा विभिन्न किसिमका साँस्कृतिक कार्यक्रम, विभिन्न झाँकी र कवाजहरु प्रदर्शन गरिएको छ ।

त्यसैगरी विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिने र असोज २, ३ र ४ गते दीपावली गर्न र घर घरमा राष्ट्रिय झण्डा राख्न सरकारले सबै नागरिकलाई आग्रह गरेको छ ।

‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔं, घरघरमा राष्ट्रिय झण्डा फहराऔं र दिपावली गरौं’ भन्ने मूल नारा तय गरेको सरकारले यस वर्षको दिवसलाई विशेष महत्व दिएको छ ।
‘नेपालको संविधान, २०७२’ जारी भएको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते मनाइँदै आएको संविधान दिवसको दिनलाई नै सरकारले राष्ट्रिय दिवसको रुपमा समेत मनाउने निर्णय गरेको थियो ।

विश्वकै उत्कृष्ट भनिएको यो संविधानका खास केही गणतन्त्र, संघीयता र धर्म्निरपेक्षताजस्ता विशेषता छन् । जनताद्धारा र जनताका लागि बनाइएको यही संविधानअनुसार मुलुक संघीय संरचनामा प्रवेश गरिसकेको छ भने अवधिक निर्वाचन समेत भएर तीन तहका सरकार बनिसकेका छन् ।

२०७२ सालमा संविधान जारी नगर्न केही शक्तिले दिएको दबाब, मधेस केन्द्रीत दलको असन्तुष्टि र ठूला दलबिचको बेमेलका कारण संविधान निर्माण भएपछि निकै चुनौती भोग्नुपरेको थियो ।

संविधान जारी भएपछि पनि भारतले नाकाबन्दी लगाउँदा देशको अर्थतन्त्र नै धराशायी हुन पुगेको थियो । यद्यपी, जनताका प्रतिनिधिले पहिलो पटक बनाएको संविधानमाथि चुनौती र विरोध पनि थपिँदै छन् । संसदभित्र र बाहिरबाट संविधानमाथि विभिन्न खाले प्रहार भइरहेका छन् ।

संविधान जारी गर्दा संविधानसभा बहिष्कार गर्दै बाहिरिएका मधेस केन्द्रीत दल संशोधन भए मात्र स्वीकार गर्ने भन्दै आजको दिनलाई कालो दिनका मनाउने घोषणा गरिसकेका छन् ।

– हेर्नुस् तस्विरहरु

प्रकाशित : २०७६ आश्विन ३, शुक्रबार ०९:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ