जनकपुरधाम, ३ असोज । हेल्प मधेशी नेपालका केन्द्रिय अध्यक्ष राम उदगार यादवको अध्यक्षतामा २ न. प्रदेशको राजधानी जनकपुरधाम स्थित रामानन्द चौकमा कालो दिवस मनाइएको छ ।
उक्त बिरोध कार्यक्रममा हेल्प मधेशी धनुषाका अध्यक्ष सत्रुधन साह, हेल्प मधेशी धनुषाकि प्रथम उपाध्यक्ष मोति झा, धनुषा धानुक सेवा समाज कतारका सभामुख लगायतको सहभागीता रहेको थियो।
हेल्प मधेशी कुनै पार्टी बिशेशको संस्था नभएर प्रवासमा रहेका मधेशी श्रमिक युवाहरुको संस्था हो र यस संस्थाले मधेशमा उपेक्षित बर्ग सामुदायका सधै सहयोग गर्दै आइरहेको छ । सधै मधेशको हितमा अवाज उठाउदै आएको संस्था हो र बिभेदकारी संविधानलाई जबसम्म संशोधन गरेर सबै बर्ग सामुदायहरुको अधिकार सुनिश्चित गर्दैन तबसम्म हेल्प मधेशी असोज ३ लाई कालो दिवसको रुपमा मनाउछ कार्यक्रमलाई सम्बोधन गर्दै हेल्प मधेशी धनुषाकि प्रथम उपाध्यक्ष मोति झाले बताईन ।
हेल्प मधेशी दोहा कत्तार च्याप्टर , हेल्प मधेशी साउदी अरब , हेल्प मधेशी जपान र हेल्प मधेशी मलेसिया लगायत विश्वमा छरिएर बसेका हेल्प मधेशी परीवारले असोज ३ लाई कालो दिवसका दिनमा मनाउदै छन् ।
