उदयपुर, ४ असोज । सीसी क्यामेराको तारबाट करेन्ट लाग्दा उदयपुरमा एक ८ वर्षीय बालकको मृत्यू भएको छ । करेन्ट लागेर बेलका नगरपालिकाका ८ वर्षीय बालक बालक सुमन बस्नेतको मृत्यु भएको हो ।
रामपुर बजारमा नगरपालिकाले जडान गरेको सीसी क्यामेराको तार चुडिएको ६ घण्टापछि करेन्ट लागेर बालकको मृत्यू भएको छ । चिसो पेय पदार्थ बोकेको मिनि ट्रकले ११ बजे तिरै तार चुडाएको थियो ।
तर चुडाएको तार सम्बन्धित निकायले व्यवस्थापन नगर्दा बालकले ज्यान गुमाउनु परेको स्थानीय बताउँछन् । घाइते बालकलाई वीवी स्वास्थ्य प्रतिष्ठान भरान पठाइएको तर अस्पताल पुग्न साथ मृत घोषणा गरेको प्रहरीले बताएको छ ।
को १ क ३५३९ नं को चिसो बोकेको मिनि ट्रक र चालक २७ बर्षिय दिप नारायण चौधरी ईलाका प्रहरी कार्यालय बेलटारको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको रामपुर प्रहरी ईन्चार्ज राचन्द्र साहले जानकारी दिए ।