मलंगवा, ४ असोज । सर्लाही प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–५ मेजरगञ्ज का ३० वर्षीय राजेश महतो र ४० वर्षीय सोनालाल ठाकुर छन् ।
लालबन्दीबाट खटिएको प्रहरी टोलीले जब्दीबाट लालबन्दीतर्फ जाँदै गरेको ना६प २३९२ र बिआर०६एजे ०८०६ भारतीय नम्बरको मोटरसाइकल जाँच गर्दा दुबै जना एक थान कटुवा पेस्तोलसहित पक्राउ परेको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो ।
प्रहरीले दुबै जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।