काठमाडौं, ५ असोज । यस वर्षको दशैं, तिहार, छठलगायतका चाडपर्वको अवसरमा मुलुकभर नै सवारी साधनहरुको रुट इजाजत खुल्ला हुने भएको छ । सीमित रुट इजाजत पाएका सवारी धनीले यस वर्षको चाडपर्वमा मुलुकभर आफ्नो सवारी साधन चलाउन पाउने भएका छन् ।
चाडपर्वका अवसरमा बिनारोकटोक र झन्झन्टबिना सवारी धनीले आफ्नो सवारी साधन मुलुकभर जुनसुकै कुनामा पनि गुडाउन पाउने र चाडपर्वका आनन्द लिऊन भन्ने उद्देश्यसहित दशैं तिहार र छठको समयमा मुलुकभर सवारी साधनहरुको रुट इजाजत खुल्ला गरिने यातायात व्यवस्था विभागले जनाएको छ । गोरखापत्र दैनिकले खबर छापेको छ ।