सप्तरी : बालिकालाई यौन दुर्व्यवहार गर्ने ७० वर्षीय वृद्धलाई जेल सजाय


राजविराज, ५ असोज । बालिकासँग यौन दुर्व्यवहार गरेको अभियोगमा एक ७० वर्षीय वृद्धलाई जिल्ला अदालत सप्तरीले कैद सजाय सुनाएको छ ।

अदालतका न्यायाधीश जवाहरप्रसाद सिंहको इजलाशले तिलाठी कोइलाडी गाउँपालिका ५ बर्साइनका ७० वर्षीय खुशीलाल रजकलाई कैद र जरिवानाको फैसला गरेको हो । अदालतका अनुसार रजकलाई ३ महिना कैद र ३० हजार जरिवानाको फैसला भएको छ ।

गत भदौ ७ गते रजकले एक बालिकालाई जर्वजस्ती घरभित्र लगेर हातपात गरी यौन दुर्व्यवहार गरेको थियो । पीडित बालिकाको आमाले जिल्ला प्रहरी कार्यालयमा रजक विरुद्ध मुद्दा दर्ता गराएकी थिइन् । सोही मुद्दामा अदालतले कैद र जरिवानाको फैसला सुनाएको छ ।

प्रकाशित : २०७६ आश्विन ५, आईतवार ०९:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ