ठगी आरोपमा पक्राउ परेका सर्लाहीका श्याम परदेशी विरुद्ध चौंथो पटक म्याद थप


सर्लाही, ५ असोज । एक जनालाई ऋण दिने र पुरै परिवारका सदस्यसँग तमसुक बनाउन लगाएर ठगी गरेको अभियोगमा पक्राउ परेका श्याम परदेशी विरुद्ध जिल्ला अदालतले चौैंथो पटक म्याद थप गरेको छ ।

गत भदौ १५ गते पक्राउ परेका परदेशीलाई अदालतले अनुसन्धान गर्न प्रहरीलाई आज चौंथो पटक पाँच दिनको म्याद थपेको हो ।परदेशीविरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ३८ जना पीडितले ठगी मुद्दा दायर गरेको सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

परदेशीले ऋण दिएपछि महिलाहरुलाई यौन दुव्र्यवहार समेत गर्ने गरेका थिए । सर्लाहीका सयौं महिला परदेशीबाट अन्यायमा परेकी छन् । उनले ऋण दिएर पटक पटक रकम उठाएकै कारण सर्लाहीका ३ जनाले आत्महत्या समेत गरेको बुझिएको छ । परदेशी यसअघि बालिका बलात्कार मुद्दामा सजाय काटेका थिए ।

प्रकाशित : २०७६ आश्विन ५, आईतवार १३:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ