राजविराज, ५ असोज । रजक समाज दोहा कत्तार, साउदी र मलेसियाले संयुक्त रुपमा दृष्टिविहिन विद्यार्थीलाई सहयोग गरेको छ ।
रजक समाजले सप्तरीको राजविराज नगरपालिका स्थित श्री प. वि. मा. वि.राजबिराजका १० जना दृष्टिविहिन बिद्यार्थीहरुलाई एक सेट लुगा ओछ्यान र हिडडुल गर्नका लागि स्टिक सहयोग गरेको छ । सरसफाइ उर्जा (सी) कि संयोजक रक्षा चौधरीको आयोजनमा कार्यक्रम गरि उक्त सामाग्रीहरु दृष्टिविहिन वितरण गरेको थियो ।
रजक सेवा समाज दोहा कतारका सदस्य राम सिंह साफिले यस्ता पीडितलाई रजक सेवा समाज सधै सहयोग गर्न त्यार रहेको बताए । रजक सेवा समाजको उदेश्य नै यस्ता पीडामा परेको पीडितहरुलाई सहयोग गर्ने रहेको सदस्य सिंहले बताए ।