सिरहामा ज्यान मार्ने मुद्दाका २ फरार व्यक्ति पक्राउ


सिरहा, ५ असोज । सिरहाको कल्याणपुर नगरपालिका ५ बाट प्रहरीले आइतबार ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दाका दुई फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार जिल्लाबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले आइतबार बिहान करिब पौने १० बजेतिर लुकीछिपी बसिरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय ६० वर्षीय लडु खड्गा यादव र ५५ वर्षीय जोगेन्द्र खड्गा यादव रहेको प्रहरीले जनाएको छ । प्रहरीले ज्यान मार्ने उद्योगमा संलग्न रहेका भनिएका दुई जना संलग्न घटनाको विषयमा विस्तत रुपले खुलाएको छैन ।

लुकेर बसेको अवस्थामा पक्राउ गरिएका दुवैलाई मिर्चैयास्थित इलाका प्रहरी कार्यालय ल्याएर आइतबार नै सिरहा जिल्ला अदालतमा बुझाइएको सिरहा प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक अपिलराज बोहराले बताए ।

प्रकाशित : २०७६ आश्विन ५, आईतवार १७:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ