Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

सप्तरीमा सरकारी डाक्टरको बदमासी, विरामीलाई दिए म्याद गुज्रेको औषधी

टुडे खोज लेखक टुडे खोज
अशोज ७, २०७६, १:०३ AM
0
सप्तरीमा सरकारी डाक्टरको बदमासी, विरामीलाई दिए म्याद गुज्रेको औषधी

राजविराज, ७ असोज । सप्तरीको एक सरकारी स्वास्थ्य संस्थाले नै बिरामीलाई म्याद गुज्रेको औषधि प्रदान गरेको छ । खोकी लागेर स्वास्थ्य संस्थामा जचाउँन गएका एक बृद्वलाई सरकारी स्वास्थ्यकर्मीले नै म्याद गुज्रेको औषधि बितरण गरेको हो ।

म्याद गुज्रेको औषधि खाँदा ती बृद्व बेहोस भएका छन् । केहि दिनअघि थोरै खोकी लाग्दा र कमजोरी महसुस गरिरहेका हनुमाननगर कंकालनी नगरपालिकाका ती बृद्वलाई सोही नगरपालिकाको वडा नम्बर ४ मधवापुरस्थित स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले म्याद गुज्रेको औषधि बितरण गरेका छन् ।

सोही ठाउँका ७० बर्षीय धियानी मण्डल स्वास्थ्य संस्थामा जँचाउन जाँदा स्वास्थ्यकर्मीले मोक्सिलेब ५०० एमजीको एन्टिबायोटिक ट्याब्लेट दिएका थिए । उक्त ट्याब्लेटको म्याद एक महिनाअघि नै गुज्रिसकेको छ । उक्त औषधिको समय अगस्ट २०१९ मै गुज्रिसकेको छ ।

म्याद गुज्रेको औषधि खाँदा उनी हनुमाननगर कंकालनी नगरपालिका १ स्थित भारदह बजारमा आईतबार साँझ बेहोस भएका थिए । संयोगले स्वास्थ्य संस्थाबाट लिएको औषधि र पूर्जा उनको साथमै थियो । स्थानीयहरुले उनको उद्वार गरी औषधि हेर्दा म्याद गुज्रेको पाइएको स्थानीय गंगा साहले बताए ।

औषधि उनलाई दिइएको स्वास्थ्य संस्थाका कर्मचारीहरु स्वीकार्छन् । यद्यपी उनी म्याद गुज्रेको औषधि खाँदा थोरै एलर्जी भएको बताउँछन् । आफूहरुले यस्तो सूचना पाएपछि एलर्जी ठीक पार्ने औषधि दिएको उक्त स्वास्थ्य संस्थाका प्रमुख हेल्थ असिष्टेन्ट योगेश मण्डलले बताए ।

भूलवश म्याद गुज्रेको औषधि उनलाई कर्मचारीहरुले दिएका रहेछन्’ उनले भने, ‘ समय गुज्रेका औषधिहरुलाई अलग ठाउँमा राखेपनि बितरण गर्ने कर्मचारीले त्यहीं
औषधि दिए ।’

‘सरकारी स्वास्थ्य संस्थाले नै समय गुज्रेको औषधि दिनु भूल नभएर महाभूल हो’ अधिकारकर्मी जंगबहादुर सिंह भन्छन्, ‘समय गुज्रिसकेको औषधिलाई नष्ट गर्नुको सट्टा राखिरहनु गलत नियत हुन सक्छ ।’

‘औषधि खरीद गर्ने नाममा म्याद गुज्रेका औषधि राखेर जनतालाई त्यहीं बितरण गर्न सक्ने समेत हुन सक्छ,’ नी भन्छन्, ‘यसको सुक्ष्म तरिकाले छानबिन हुनु जरुरी छ ।’

गैर सरकारी संस्था महासंघका अध्यक्ष शम्भुनन्द चौधरीले पनि ग्रामिण क्षेत्रका बासिन्दाले म्याद गुज्रेको अध्ययन नगर्ने भएकाले दिदैं जाने पनि हुन सक्ने भएकाले यसको छानबिन हुनुपर्ने बताउँछन् ।


सम्बन्धित समाचार

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

मिटर ब्याजका आरोपी चौधरीलाई महोत्तरीबाट सर्लाही लगियो

मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय

एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन

एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध