सप्तरी, ७ असोज । सप्तरी ४ बाट निर्वाचित काँग्रेस साँसद तेजुलाल चौधरीलाई आफ्नै कार्यकर्ताले हातपात गरेका छन् । आज आयोजित राष्ट्रिय जागरण अभियान समापन कार्यक्रममा साँसद चौधरीलाई नेपाल विद्यार्थी संघका कार्यकर्ताले हातपात गरेका हुन् ।
हातपात भएपछि साँसद चौधरीले कार्यक्रम छाडेर अन्य ठाउँमा गएर कोणसभा गरेका छन् । उनले राजविराजको नेताचोकमा कोषसभा गर्दै आफूमाथि हातताप गर्नु गल्ती गरेको बताए । हातपात किन गरेको विषयमा केहि खुलेको छैन । साँसद चौधरी पनि हातपात किन गरेको विषयमा केहि बोलेनन् ।