‘बजारमा प्लाष्टिक चामल र अण्डा रहेको हल्ला झुठो’



काठमाडौं, ८ असोज । सरकारले बजारमा प्लाष्टिकको चामल र नक्कली अण्डा रहेको भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।

केही समय यता बजारमा प्लाष्टिकको चामल र पिठोमा प्लाष्टिक मिसिएको र प्लाष्टिककै अण्डा पाइएको भन्ने हल्लाको पछि नलाग्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुरोध गरेको हो ।

विभागले सूचना निकालेर अण्डा, चामल र पिठोको परीक्षण गर्दा बजारमा हल्ला चलेजस्तो केही पनि मिसावट नभटिएको जनाएको छ । तथ्यहीन हल्लाको पछि नलाग्न सबैलाई विभागले आग्रह गरेको छ ।

प्रकाशित : २०७६ आश्विन ८, बुधबार ०२:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ