लहान कृषि विकास बैंकबाट ४ करोड ७३ लाख चोरी भएको पुष्टि, को-को पक्राउ परे ?


काठमाडौं, ८ असोज । कृषि विकास बैंकको लहान शाखाबाट चार करोड ७३ लाख रुपैयाँ चोरी भएको पुष्टि भएको छ ।

शुरुमा चोरी भएको रकम डेढ करोड भनिएको थियो । तर बैंकका उपप्रबन्धक दीर्घ अर्यालले चार करोड ३७ लाख रकम निकालिएको पुष्टि गरेका छन् । ‘यो सबै रकम शाखाको ब्याज आम्दानी हो’ उनले सुनाए ।

कृषि विकास बैङ्कको बैंकिङ सिस्टम प्रयोग गरेर रकम चोरी गरेको आरोपमा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । राजधानीसहित अन्य विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा नुवाकोटको मेघाङ गाउँपालिका–४ का लवङ तामाङ, लमजुङ दोदी गाउँपालिकाका विद्यासागर लामिछाने, सर्लाहीका पुष्पराज खड्का, काठमाडौं ताकेश्वरका सञ्जय घले, तारकेश्वरकै लक्ष्मी लामा तामाङ, निर्मला तामाङ, निमा तामाङ, लक्ष्मी श्रेष्ठ र श्रवण कुमार श्रेष्ठ रहेका छन् ।

यसैगरी कैलालीको भजनीका विजयकुमार शाह र भारत कलकताका शुभन्कर पन्जापनि पक्राउ परेका छन् ।

प्रकाशित : २०७६ आश्विन ८, बुधबार ०९:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ