काठमाडौं , ८ असोज । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैंमा खुद्रा र सुकिला नोटको लागि १८ हजार ५०० रुपैयाँको मात्रै सटही सुविधा दिने भएको छ।
गत वर्षको दशैंमा प्रति व्यक्ति २७ हजार रुपैयाँको सटही सुविधा दिएकोमा यस वर्षमा १८ हजार ५०० मा सीमित गरिएको राष्ट्र बैंकले जनाएको छ। सरकारी स्वामित्वका तीन बैंकले गरी उपत्यका भित्रका तीन २५ क्षेत्र बाट नगद सटही सुविधा राखेको जानकारी गराएका छन्।
राष्ट्रिय वाणिज्य बैंकले १० क्षेत्रबाट सटही सुविधा दिने भएको छ। त्यस्तै नेपाल बैंकले आठ र कृषि विकास बैंकले ६ क्षेत्रबाट र राष्ट्र बैंकले बालुवाटरबाट पनि सटही सुविधा दिने जानकारी गराएको छ। बिहीबारदेखि सात दिनका लागि सटही सुविधा राखेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
सर्वसाधरणले ५, १०, २० ५० र १०० दरका नोट गरी अधिकतम १८ हजार ५०० साट्न पाउने छन्। निजीस्तरको बैंकले पनि आफ्ना ग्राहकलाई सटही सुविधा दिएका छन्। राष्ट्र बैंकले नोट सटहीको सूचनासँगै नोटमा कलर गर्ने वा केरमेट गर्नेलाई कानुनी कारवाही हुने स्मरण गराएको छ। राष्ट्र बैंकबाट निकालिएको विज्ञप्तिमा भनिएको छ, ुरंग लगाउने, लेख्ने, केरमेट गरे प्रचलित कानुनअनुसार कारवाही हुनेछ।ु