सिरहाबाट ५० हजारको अवैध पटाका बरामद


लहान, ८ असोज । सिरहाबाट प्रहरीले ५० हजार मुल्कोय बराबरको अवैध पटाका बरामद गरेको छ ।

सिरहा नगरपालिका वडा नं. १५ सुखचैना स्थित इलाका प्रहरी कार्यालय माडरबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्दा ७५० प्याकेट नागीन पटाका, सुतली बम ५ प्याकेट गरी करिब ५० हजार बराबरको पटका नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको प्रहरीले जनाएको छ ।

तर, पटका के चेकजाँच गर्दा र कहाँबाट पक्राउ गरीएको विषयमा जिल्ला प्रहरी कार्यालय सिरहाले केही बताएन । यस विषयमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवत्ता डिएसपी अपिल राज बोहरा सित फोनबाट बुझ्न खोज्दा फोन रिसिभ भएन ।

प्रकाशित : २०७६ आश्विन ८, बुधबार १२:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ