सर्लाही, ८ असोज। सर्लाही प्रहरीले लागुऔषध मुद्दामा फरार रहेका प्रतिवादीलाइ बुधाबार पक्राउ गरेको छ।
लागुऔषध मुद्दामा अनुसन्धानको क्रममा म्याद थपको लागि गत भदौ २२ सर्लाही जिल्ला अदालतमा लगि म्याद थपपश्चात अदालतबाट बाहिर निस्कने क्रममा अदालत कम्पाउण्डबाट भागि फरार रहेका हरिवन नगरपालिका ५ घुर्कौलीका महिन्द्र महतोलाई प्रहरीले पुनः पक्राउ गरेको हो।
प्रतिवादी परिवारको सदस्य, स्थानीय जनप्रतिनिधिको र भारतीय प्रहरीको समन्वयमा सर्लाही प्रहरीले भारतको पञ्जाव जलन्धरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ प्रतिवादी महतोलाई पुनः म्याद थप गरी लागुऔषध मुद्दामा तथा थुनाबाट भागि फरार भएको कसुरमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ। महतोलाइ भदौ २० हरिवन ११ बाट ट्राफिक पोष्ट अगाडिबाट लागु औषध नाइट्राजेपाम–१० लेखिएको १४८ वटा ट्यावलेटसहित पक्राउ गरेका थिए।