Breaking- जनकपुरमा डकैतीको प्रयास विफल, प्रहरीले गोली चलाएर समाते ४ डकैत


जनकपुरधाम, ९ असोज । जनकपुर उपमहानगरपालिका गेटमा रहेको जानकी फर्निसिङमा डकैती गर्दागर्दै चार डकैत प्रहरी फन्दामा परेका छन् । प्रहरीले तीन राउण्ड गोली चलाएर डकैतलाई फन्दामा पारेका हुन् ।

विहान करिब साढे ३ बजे पसलको सटर फोडेर डकैती गर्ने प्रयास विफल भएको छ । सटर फोड्ने क्रममै प्रहरीले देखेपछि डकैतहरु भाग्न खोजेका थिए । तर ३ राउण्ड गोली चलाएर उनीहरुलाई पक्राउ गरेको धनुषाका एसपी शेखर खनालले जानकारी दिए ।

उनका अनुसार एक डकैतको खुट्टामा गोली लागेको छ । उनलाई उपचारका लागि जनकपुर अंचल अस्पतालमा भर्ना गराइएको छ । पक्राउ पर्नेमा दुई जना भारतीय र दुई जना रौतहटका छन् । उनीहरुको तत्काल नाम र ठेगाना खुल्न सकेका छैन ।

विस्तृत विवरण आउन बाँकी….

प्रकाशित : २०७६ आश्विन ९, बिहीबार ०१:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ