काठमाडौं, ९ असोज । कर्मचारीको पासवर्ड अनधिकृत रुपले प्रयोग गरी कृषि विकास बैंकको ५ करोड चोरी प्रकरणमा स्याङ्जाका निर्माण व्यावसायी रामकृष्ण भुसाललाई पक्राउ गरिएको छ ।
पक्राउ गरिएकाहरूसँगको सम्बन्धसहित उनको खातामा ६५ लाख रुपियाँ पनि फेला परेका कारण अनुसन्धानका लागि पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । स्याङ्जा वालिङका भुसालको खातामा कृषि विकास बैंकको लहान शाखाबाट ६५ लाख रुपैंया पठाइएको भेटिएको छ ।
भारतमा रहेको एजेन्टको प्रतिनिधि हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ, बयानपछि बाँकी विषय खुल्ने जनाइएको छ । रकम चोरी आरोपमा यसअघि १२ जना पक्राउ परिसकेका छन् ।