सीके राउतले पाए चुनाव चिन्ह ‘लाउड स्पीकर’ : घन्किएला त मधेशमा ?


जनकपुरधाम, १० असोज । विखण्डनकारी नारा त्यागेर मूलधारको राजनीतिमा आएका सीके राउत नेतृत्वको जनमत पार्टीले ‘लाउड स्पीक’ चुनाव चिह्न पाएको छ ।

आसन्न उपनिर्वाचनका लागि निर्वाचन आयोगले नयाँ दर्ता भएका र नाम फेरिएका गरी २१ दललाई चुनाव चिह्न प्रदान गरेको हो । यसक्रममा राउत नेतृत्वको जनमत पार्टीले लाउड स्पीकर चुनाव चिह्न पाएको छ ।

पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने क्रममा भने राउतले चुनाव चिह्नको रूपमा ुअष्टदलु प्रस्ताव गरेका थिए । आयोगले माइक, बल, पञ्जा, लाउड स्पीकर जस्ता चिह्न रोज्न दिएको र त्यसमध्ये लाउड स्पीकर रोजेको जनमत पार्टीका केन्द्रीय सदस्य चन्दन सिंहले लोकान्तरलाई बताए ।

यद्यपि उपचुनाव लड्ने कि नलड्ने भन्ने विषयमा भने पार्टीमा औपचारिक निर्णय हुन बाँकी नै रहेको सिंहले बताए । पूराना र नाम नफेरिएका दलहरूको चुनाव चिह्न भने यथावत छ । संसद् र स्थानीय तहमा रिक्त जनप्रतिनिधिको पदपूर्तिका लागि आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । – लोकान्तर डटकम

कुन दललाई कुन चिह्न ?

प्रकाशित : २०७६ आश्विन १०, शुक्रबार ०२:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ