रौतहट, १० असोज । विद्यालयको भवन बनाउन खनिएको खाल्डोमा डुबेर एक बालिकाको मृत्यू भएको छ । राजपुर नगरपालिकामा विद्यालयको भवन बनाउन खनिएको खाल्डोमा डुबेर ७ वर्षकी प्रियानसी साहको मृत्यु भएको हो ।
जनता माध्यमिक विद्यालयमा ८ कोठा भवन निर्माणको लागि खनिएको खाल्डोमा परेको स्थानीय लखेन्द्र साहकको ७ वर्षकी छोरी प्रियानसीको डुबेर मृत्यु भएको प्रहरीले जनाए । विद्यालयको भवनका लागि खनिएको खाल्डोमा पानी जमेको र खेल्नेक्रममा बालिका खाल्डोमा पसेकी थिइन ।
विद्यालय र भवन निमार्णको जिम्मेवारी पाएको ठेकेदारले गरेको लापरबाहीले एक बालिकाको ज्यान गएको भन्दै स्थानीयले विरोध गरेका छ्न ।