जनकपुरबाट १८ किलो चाँदीसहित महोत्तरीका एक तस्कर पक्राउ


जनकपुरधाम, १० असोज । जनकपुरबाट सशस्त्र प्रहरीले १८ किलोग्राम चाँदीसहित एक तस्करलाई पक्राउ गरेको छ । भारततर्फ ज ७ प ५७७१ नम्बरको मोटरसाइकलमा चाँदी लिएर जाँदै गर्दा महोत्तरी, पिपरा गाउँपालिका–५ का ३० वर्षीय भरतकुमार साहलाई पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले बताए ।

तस्कर साहलाई जनकपुर उपमहानगरपालिका–२२ बसविट्टीबाट चाँदीसहित पक्राउ गरीएको हो । शुक्रबार चेकिङको क्रममा साहको साथबाट ५ वटा प्लाष्टिकको पोकामा लुकाइ राखिएको १३ लाख ५० हजार मुल्य बराबरको चाँदी बरामद भएको प्रहरी उपरीक्षक उप्रेतीले बताए ।

चाँदी लिएर भारत तर्फ जाँदै गरेका साहलाई पक्राउ गरी थप अनुसन्धानका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक उप्रेतीले बताए ।

प्रकाशित : २०७६ आश्विन १०, शुक्रबार ११:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ