नवलपरासी, १० असोज । पश्चिम नवलपरासीमा सशस्त्रका सहायक हवल्दार घुसको रकमसहित पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल वेश क्याम्प सेमरीमा कार्यरत ज्ञानेन्द्र मौर्य ७ हजार घुस रकमसहित पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सहायक हवल्दार मौर्यलाई शुक्रबार दिउँसो घुससहित रंगेहात पक्राउ गरेको हो । प्रतापुर गाउँपालिका २ मा रहेको किराना पसमा घुस लिँदै गर्दा उनी पक्राउ परेको अख्तियारले जनाएको छ ।
अक्तियार दुरुपयोग अनुसन्धान आयोग रुपन्देहीका प्रवक्ता सुरेस भुषालले घुससहित पक्राउ परेका मौर्यलाई घुससहित पक्राउ गरेर आवश्यक अनुसन्धान तथा कायरबाही अगाडी बढाएको जानकारी दिए ।