सेल्फी खिच्नै लाग्दा सिरहाका १५ वर्षीय किशोर कमला नदीमा बेपत्ता, प्रहरी खोज्दै


सिरहा, १० असोज । सिरहाको कमला नदीमा सेल्फी खिच्ने क्रममा एक किशोर वेपत्ता भएका छन् । सिरहा नगरपालिका–७ महिसोथाका नागेश्वर मरिक यादवका १५ वर्षीय छोरा टुकराज बुधबार साथीहरुसँग कमला नदिमा सेल्फी खिच्ने क्रममा डुवेका यादव अझै फेला पर्न नसकेका हुन् ।

यादव चार जना साथीसँग घुम्दै कमला नदी किनारमा पुगेका थिए । उनीसँग जाने साथीहरुको बारेमा नखुलेको प्रहरीले जनाएको छ । हराएकै दिनदेखि प्रहरीले खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी अपिलराज बोहराले बताएका छन् । सशस्त्र र नेपाल प्रहरीले नदिमा खोजी जारी राखेको उनले जनाए । नदीमा पानीको बहाव बढी भएकाले सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको छ ।

घटनास्थलदेखि करिब पाँच किलोमिटर दक्षण भारतीय सीमा रहेकोले खोजी कार्यको लागि भारतीय प्रहरीसँग पनि समन्वय भइरहेको डिएसपी बोहराले बताए । उनले भने, ‘भारतीय सीमा नजिकै भएकाले नदी किनारमा कतै भेटिए खबर गर्नेगरी समन्वयसहित खोजी भइरहेको छ ।’

प्रकाशित : २०७६ आश्विन १०, शुक्रबार १२:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ